काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा सानिमा जिआईसी इन्स्योरेन्सले ९ करोड ५९ लाख घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १६ लाख नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७ करोड ९० लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २७ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ८.९२ रुपैयाँले ऋणात्मक छ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रहेको छ भने महाविपत्ति कोषमा ४ करोड ६४ लाख, रिटेन्ड अर्निङ ८ करोड ४८ लाख र अन्य इक्विटीमा ८ करोड ९५ लाख रहेको छ।



About Us
प्रतिक्रिया