काठमाडौं – शिखर इन्स्योरेन्सको नाफामा गिरावट देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड ४७ लाख घाटा व्यहोरेको हो। जबकी कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म २५ करोड ७३ लाख नाफा कमाएको थियो।
कम्पनीले पुससम्ममा २ अर्ब १६ करोड १६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ७८ करोड ५ लाख खुद बीमा शुल्क संकलन गरेको छ। पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३.०६ रुपैयाँले ऋणात्मक रहेको छ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ९२ करोड ३० लाख रहेको छ। कम्पनीको महाविपत्ति कोषमा १६ करोड ११ लाख, रिटेन्ड अर्निङमा १६ करोड ५७ लाख र अन्य इक्विटीमा ५८ करोड ३ लाख रहेको छ।



About Us
प्रतिक्रिया