काठमाडौं – नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६० लाख नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ७ लाख मात्रै नाफा कमाएको हो।
दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १८ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ६९ करोड ६९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
पुससम्म कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७७ लाख, रिटेन्ड अर्निङमा ५८ करोड ७१ लाख र अन्य इक्विटीमा ४० करोड ३४ लाख रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ० दमलव ८० पैसा रहेको छ।



About Us
प्रतिक्रिया