हिमालयन लाइफ इन्स्योरेन्सको नाफा घट्यो


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३७ करोड ६२ लाख नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २० करोड ६७ लाख नाफा आर्जन गरेको हो।

पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड ९७ लाख रहेको छ। चालु आर्थिक वर्षको पुसम्ममा कम्पनीले ८ अर्ब ६२ करोड ३७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ अर्ब ४० करोड ७७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख र अन्य इक्विटी ७७ करोड ६५ लाखले ऋणात्मक छ।