६ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३३ करोड ६९ लाख


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ३३ करोड ६९ लाख नाफा आर्जन गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३३ करोड ६९ लाख नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको पुससम्म कम्पनीले ४६ करोड ८१ लाख नाफा आर्जन गरेको थियो। चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले २५ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले चालु वर्षको पुससम्म २५ अर्ब ५३ करोड ६ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५३ करोड र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ।