रिलायबल नेपाल लाइफले ६ महिनामा कमायो ३९ करोड नाफा


काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ३९ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड ५८ लाख खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको यही अवभिमा कम्पनीले ३५ करोड ३ लाख खुद नाफा कमाएको थियो । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब ९ करोड ६६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ। पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब २४ करोड १३ लाख रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड रहेको छ भने महाविपत्ति कोषमा २६ करोड ९३ लाख र जगेडा कोषमा ६१ करोड ६६ लाख रहेको छ ।