काठमाडौं – नेपाली बजारमा आज बुधबार पनि सुन मु्ल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ९० रुपैयाँले बढेको हो। यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया