काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ। बोर्डले आज कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको १००ः१० अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको हो। कम्पनीको हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीको शेयरको निष्कासन तथा बिक्री प्रबन्धककमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।



About Us
प्रतिक्रिया