काठमाडौं – बुधबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०४ प्रतिशतले घटेर २६६२.०९ बिन्दुमा बन्द भएकाे छ। आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सिंगटी हाइड्रोको ५८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै रिडी पावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका हुन्। सिंगटी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन्। आँखुखोला जलविद्युतका इकाईधनीले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३९ प्रतिशतका दरले गुमाएका हुन्।
आज ८ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन फाइनान्सको ०.२५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, जीवन बीमा समूहको ०.२३ प्रतिशतले शेयर मूल्य घटेको छ।



About Us
प्रतिक्रिया