काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै,आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो।
यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया