बैंकिङ्ग कसुर र चोरी मुद्दाका फरार तीन प्रतिवादीहरू पक्राउ


काठमाडौं –  बैंकिङ्ग कसुर र चोरी मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका लक्ष्मी लामा थापा, महोत्तरीका अब्दुल हसन शेष र रामेछापका हरिराम खत्री रहेका छन्। 

प्रहरीका अनुसार पक्राउ परेका मध्ये  थापालाई बैंकिङ्ग कसुर मुद्दामा एक दिन कैद, शेषलाई  पाँच दिन कैद र ३  हजार जरिवाना र खत्रीलाई चोरी सम्बन्धी कसुरमा २ महिना कैद र १० हजार  जरिवाना तोकिएको थियो। 

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।