भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले माघ २७ गते मंगलबार आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेको थियो। जसमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। बाँडफाँटमा ८३ हजार जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन्, भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ।