सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले व्यहोर्यो १७ करोड बढी नोक्सानी


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ करोड बढी नोक्सानी व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ८५ लाख घाटा व्यहोरेको हो । जबकी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २२ करोड ५० लाख नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको बीमा कोष अत्यधिक बढेको छ । हाल कम्पनीको बीमा कोषमा ११ अर्ब ५२ करोड २० लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रहेको कम्पनीको महाविपत्ति कोषमा २२ करोड ७८ लाख र जगेडा कोषमा ११ करोड ८५ लाख रहेको छ।