काठमाडौं – आज माघ २६ गते सोमबार शेयर बजारमा भारी रकमको गिरावट देखिएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६ दशमलव ०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ। आज ४२ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ। आज रिदि पावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आज ७७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.९७ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिदि पावर कम्पनीका लगानीकर्ताले ९.११ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज मायाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.४० प्रतिशतका दरले कमाएका हुन्।



About Us
प्रतिक्रिया