काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख पुगेको छ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७९ करोड ८१ लाख थियो। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ। कम्पनीको कर अगाडीको नाफा भने ५५ करोड ५८ लाख रहेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.३४ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १७.३४ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ।



About Us
प्रतिक्रिया