प्रि ओपन सेसनमा ३.१५ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से०) ३.१५ अंक बढेर २७ सय १ दशमलव ६० को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा १ करोड ७० लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ३४ हजार २०६ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरिमा ५६ कम्पनीको कारोबार हुँदा ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै २ कम्पनीको शेयर मुल्य स्थिर रहेको रहेको छ।