सिटिजन लाइफले ६ महिनामा कमायो २३ करोड बढी नाफा


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड बढी नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २३ करोड १५ लाख नाफा कमाएको देखाएको हो ।

गत आर्थिक वर्षको पुससम्म कम्पनीले २३ करोड ९ लाख नाफा आर्जन गरेको थियो । चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब १४ करोड ५६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रहेको छ भने शेयर प्रिमियम ४५ करोड, महाविपत्ति कोषमा २५ करोड ३५ लाख र जगेडा कोषमा ३५ करोड ६५ लाख सञ्चित रहेको छ।