काठमाडौं – पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फुयाँललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्व सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले पूर्व मन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



About Us
प्रतिक्रिया