एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पुससम्म कमायो २६ करोड नाफा


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा २६ करोड नाफा आर्जन गरेको छ। दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै २६ करोड ३५ लाख नाफा आर्जन गरेको देखाएको हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २५ करोड ३ लाख खुद नाफा कमाएको थियो। पुसमसान्तसम्ममा कम्पनीले ४ अर्ब ६४ करोड ६९ लाख खुद बीमा शुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड ८२ लाख पुगेको छ भने कुल खर्च ५ अर्ब ९९ करोड २२ लाख पुगेको छ।

कम्पनीले पुसमसान्तसम्ममा अभिकर्तालाई ३९ करोड २२ लाख कमिशन दिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०।५४ रहेको छ। कम्पनीको जीवन बीमाकोषमा ५० अर्ब ८५ लाख रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रहेको कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३८ लाख र जगेडा कोषमा ९१ करोड ९० लाख सञ्चिति रहेको छ।