काठमाडौं – नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नु लागेको हो। यसका लागी प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख आजको सात दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ।
पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ। इच्छुक बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषको विवरण खुल्नेगरी आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया