आइएमई लाइफ इन्स्योरेन्सकाे नाफा २७ करोड, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड बढी नाफा आर्जन गरेको छ। कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै पुस मसान्तसम्ममा २७ करोड ६ लाख नाफा आर्जन गरेको देखाएको हो।

गत वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड ७८ लाख नाफा आर्जन गरेको थियो। चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ३५ करोड ९३ लाख रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३३ करोड ४२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ। यतिबेला कम्पनीको शेयर प्रिमियममा ५२ करोड २२ लाख, महाविपत्ति कोषमा २८ करोड ९८ लाख रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.८३ रुपैयाँ कायम भएको छ। कम्पनीको कुल सम्पत्ति २३ अर्ब ३ करोड ८५ लाख रहेको छ।