हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईँ


काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा भएका छन्। उनी आज हाजिर जमानीमा रिहा भएको साइबर ब्युरोका  प्रवक्ता  दिपक राज अवस्थीले जानकारी दिए।

उनलाई शुक्रवार दिउँसो भक्तपुरको चाल्नाखेलबाट पक्राउ गरिएको हो। प्रसाईँलाई निर्वाचन सम्बन्धी आचारसंहिता विपरीत बोलको भन्दै साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

उनीविरुद्ध निर्वाचन आयोगका उजुरी आएको थियो। यसअघि उनी माघ ५ मा पक्राउ परी ६ गते हाजिरी जमानीमा रिहा भएका थिए।