काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी रकमको वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३ सय रुपैयाँले बढेको हो। यससँगै चाँदी आज तोलामा ५ हजार १० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया