नेपाल व्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी, कोषाध्यक्षमा चंकी क्षेत्री


काठमाडौं – नेपाल व्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी सर्वसम्मत निर्वाचित भएकी छिन्। संघको शनिवार (२४ माघ) मा सम्पन्न भएको साधारण सभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन्।

निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्धितिय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महासचिवमा इन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री र सदस्यहरूमा उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देवेन्द्र रमण खनाल, पर्वत कुमार कार्की, मधु पौडेल, डा. बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थि, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भट्टराई निर्वाचित भएका हुन्।

नेपाल व्यवस्थापन संघको ४५ वर्षको इतिहासमा संघले अधिकारीलाई दोस्रो महिला अध्यक्ष पाएको हो। हेमा अधिकारीसँग करिब ३ दशकदेखि अन्तर्राष्ट्रिय बैंकमा आबद्ध छिन्। हाल उनी दुबई प्रधान कार्यालय रहेको मशरेक बैंकको नेपाल र भूटानको कन्ट्रि हेडमा कार्यरत छिन् भने संघका अन्य सदस्यहरु सरकारी, गैह्र सरकारी, विभिन्न बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, सामाजिक संस्था लगायत अन्य विभिन्न क्षेत्रहरूमा लामो समयदेखि योगदान दिँदै आएका व्यक्तिहरू रहेका छन्।