भरुवा बन्दुकसहित पक्राउ


काठमाडौं – हुम्लाको सिमकोट गाउँपालिका– ४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामालाई भरुवा बन्दुक १ थानसहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।