तरलता व्यवस्थापन गर्न ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापनका लागी आज ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् भने बोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिन सक्नेछन् । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते हुनेछ ।

निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गर्नेछ । निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।