काठमाडौं – चालु आर्थिक वर्षको पुस महिनामा ५ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी मोबाइल बैंकिङ्ग कारोबार भएको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार विद्युतीय कारोबारमा मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार सबैभन्दा बढी छ।
यस्तै, पुसमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबार मार्फत ७८ अर्ब ७४ करोड बराबरको कारोबार गरेका छन्।
सो अवधिमा क्यु–आर कोड भुक्तानीअन्तर्गत ३ करोड ६४ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत १०५ अर्ब ४७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया