१० वाणिज्य बैंकमा होवलदार युनुसको लेखापरिक्षणपछि गभर्नर र आईएमएफका प्रतिनीधिबिच भेट


काठमाडौं –होवलदार युनुसले नेपालका १० ठुला वाणिज्य बैंकको लेखापरिक्षणपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र आईएमएफका प्रतिनीधिबिच भेट गरेका छन् । सो बैठक आज सम्पन्न भएको हो ।

उनीहरुबिच विस्तारित कर्जा सुविधा (इसीएफ) का विषयमा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ । उक्त बैठकमा आइएमएफको दक्षिण पूर्व एशिया भोटिङ समूहका कार्यकारी निर्देशक इदवान हाकिमको सहभागिता रहेको थियो। बैठकमा मिसनका उद्देश्यहरूबारे छलफल गरिएको थियो।