साताको शेयरः ५.३५ अंकले घट्यो नेप्से, कारोबार रकम ३५ अर्ब बढी


काठमाडौं – यो साता शेयर बजार एकोहोरो अंकले घटेर बन्द भएको छ। यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५.३५ अंकले घट्यो। यो साता ५ दिन कारोबार भएको बजारमा नेप्से २ दिन बढ्दा ३ दिन घटेर बन्द भयो। यससँगै, साताभरमा कुल ३५ अर्ब माथिको शेयर कारोबार भएको थियो।

यो साताको पहिलो कारोबारको दिन आइतबार नेप्से १९.८५ अंक घट्दा सोमबार १.५३ अंकले बढेको थियो। त्यस्तै, मंगलबार १२.५८ अंक र बुधबार १.६४ अंकले घट्यो। यससँगै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से २७.१९ अंकले बढ्दै २७ सय ८ दशमलव ७० को बिन्दुमा बजार बन्द भयो।

कारोबार कति ?
आइतबारः ८ अर्ब ९८ करोड
सोमबारः ८ अर्ब १० करोड
मंगलबारः ८ अर्ब ५७ करोड
बुधबारः ७ अर्ब ४५ करोड
बिहिबारः ११ अर्ब २८ करोड