काठमाडौं – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २२ (बिहीबार)देखि २५ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेकाे छ। समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यसहित सुरू भएकाे यो प्रदर्शनी ११औँ संस्करण हो।
यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ।
यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुका साथै अन्तर्राष्ट्रिय बजारमा चलिआएका नवीनतम प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्यालका सामग्री तथा सेवा पाउन सकिनेछ।
यसबाहेक फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिंग्स, कन्स्ट्रक्सन केमिकल, पिभिसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणजन्य सामग्री पनि प्रदर्शनीमा उपलब्ध हुनेछन्। निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायकजस्ता सम्पूर्ण पक्षलाई समेटिएको छ।



About Us
प्रतिक्रिया