सानिमा बैंकको २ दिन मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने


काठमाडौं – सानिमा बैंकको २ दिन बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटीएम, मोबाइल बैंकिङ्ग पस, इ–कम लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको हो।

साे सेवाहरू माघ २३ गते (भाेलि) शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुनेछ। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्राथि रहेको जनाएको छ।