६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार


काठमाडौं – पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तर बैंक कारोबार ४ खर्ब नाघेकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ दोस्रो त्रैमास (पुस) सम्म ४ खर्ब ७० अर्ब १९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएकाे हाे।

गत आवमा कुल अन्तर बैंक कारोबार रकम ७ खर्ब ९१ अर्ब ४ करोड ५० लाख रुपैयाँकाे भएकाे थियाे। सबैभन्दा कम कारोबार पुसमा ५३ अर्ब २९ करोड मात्र अन्तर बैंक कारोबार भएको छ। यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ३ खर्ब ९६ अर्ब ४१ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७ खर्ब ४५ करोड ९१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल ९२ अर्ब ७९ करोड रूपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए।