सेनसीको नयाँ वासिङ्ग मेसिन बजारमा


काठमाडाैं- आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै सेनसी ब्रान्डले आफ्नो नयाँ वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ। कम्पनीले फ्रन्ट लोड वासिङ्ग मेसिन (१० केजी) नेपाली बजारमा हालै सार्वजनिक गरेको हो। नेपालका लागि सेनसीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स रहेको छ। 

सिजी ग्रुप अन्तर्गतको सेनसी ब्रान्ड नेपालमा वासिङ्ग मेसिन, रेफ्रिजिरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरू का लागि निकै लोकप्रिय बन्दै गएको छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण सेनसी उत्पादनहरूले नेपाली उपभोक्ताको विश्वास जित्दै आएका छन्।

नयाँ सेनसी फ्रन्ट लोड वासिङ्ग मेसिनमा जडान गरिएको बीएलडीसी इनभोटर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। १० केजी क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

यसमा स्टिम वास, क्वीक १५ मिनट वास, स्टेन ट्रिटमेन्ट, सीईसीओ ४०–६०, अटो ड्रम्प क्लिन, १४०० आरपीएम स्पेन स्पीड, १६ वास प्रोगाम, एलईडी डिसप्ले, चाइल्ड लक तथा डिले फङ्सन जस्ता अत्याधुनिक सुविधाहरु समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।