काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ६२० रुपैयाँले घटेको हो। यससँगै चाँदी आज तोलामा ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५६ सय रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया