काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरिन्।
सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।



About Us
प्रतिक्रिया