एक वर्षमा ५६ प्रतिशतले बढ्यो मार्जिन प्रकृतिको ऋण प्रवाह


काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४० अर्ब रकम बराबरको मार्जिन प्रकृतिको शेयर कर्जा प्रवाह भएको छ। विगत एक वर्षको अवधिमा मार्जिन प्रकृतिको ऋण प्रवाह करिब ५६.१७ प्रतिशतले बढेको बताइएको छ। 

२०७८ साउनमा १ खर्ब ६ अर्ब २८ करोड मार्जिन प्रकृतिको कर्जा रहेकोमा तत्पश्चात यो कर्जा घट्दै गई २०८० असार मसान्तमा ७६ अर्ब ५४ करोड पुगेको बताइएको छ। पछिल्लो समयमा यो कर्जा बढ्दै गएको सन्दर्भमा मार्जिन प्रकृतिको कर्जासँगै नेप्से सूचकाङ्कमा पनि सुधार भइरहेको देखिएको छ। 

त्यस्तै, नेप्से सूचकाङ्कको प्रवृत्ति र मार्जिन प्रकृति ऋणको प्रवाह बीचको सम्बन्धलाई नियाल्दा यी दुई बीचको सम्बन्ध सकारात्मक रहेको र सो अवधिमा मार्जिन प्रकृति ऋण र नेप्से सूचकाङ्क बीचको सह–सम्बन्ध  गणना गर्दा यी दुई बीचको सम्बन्ध ०.८६ ले सकारात्मक खेखिएको हो।