काठमाडौं – कञ्चनपुरको भिमदत्त– ४ बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले अन्दाजी ४ लाख ९८ हजार बराबरको चिनी, बिडी, सुर्ती, खानेतेल, गुडिया, प्लास्टिक झिल्ली, किराना लगायतका सामानहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो।



About Us
प्रतिक्रिया