नेप्से पुनर्संरचना अध्ययन समितिले भन्यो, ‘बोनस शेयर जारी गरेर नेप्सेको पुँजी वृद्धि गर्न सकिन्छ’


काठमाडौं – नेपाल स्टक एक्सचेञ्जको पनुसंरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो।

समितिले नेप्सेको सुधार सम्बन्धी सुझाव दिँदै नेप्सेको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी लगानीकर्ताहरूले अपेक्षा गरे बमोजिमको आधुनिक सेवा सुविधाहरू विस्तार गर्न उल्लेख्य लगानी गर्नुपर्ने देखिएकाले नेप्सेको चुक्ता पुँजी समसामयिक रुपले वृद्धि गर्न आवश्यक रहेको बताएको छ। यसको लागि बोनस शेयर, हकप्रद शेयर, थप नयाँ शेयर जारी गर्ने विकल्पहरूमध्ये हाललाई बोनस शेयर जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा तोकिएबमोजिम ३ अर्ब पुँजी पुर्यायाउन सकिने बताएको छ।

नेप्सेको विकास र विस्तारको लागि थप लगानी आवश्यक पर्ने हुँदा पुँजी वृद्धि गर्नु अघि रणनीतिक साझेदार सम्बन्धमा भने स्पष्ट हुनुपर्ने समितिले बताएको छ।