नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्ब बढी

‘बैंकिङ्ग समूहमा ०.६३ प्रतिशतको गिरावट’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.५८ अंकको गिरावट देखिँदा बजार २६ सय ८३ दशमलव १५ को बिन्दुमा बन्द भएको हो। आज ३२२ कम्पनीले कारोबार गर्दा कुल ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी एसवाई प्यानल नेपालको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कालीनचोक दर्शनका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज सबैभन्दा बढी सान्भी इनर्जीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका हुन्।