कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो १८ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले?


काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई गत फागुन १० गते १८ औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड वीरगंज पर्सामा बोलाएको हो। सो सभा बिहान ८ बसेबाट सुरु हुनेछ।

सो सभामा विशेष प्रस्ताव अन्र्तगत कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्थाहरुसँग एक आपसमा गाम्ने, गाभिने वा प्राप्ति गर्ने रहेको छ। त्यस्तै, यस बैंकको हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयरधनी समुहको र ३० प्रतिशत सर्वसाधारण शेयरधनीको स्वामित्व रहेकोमा संस्थापक शेयरधनीको पूंजीको संरचना परिवर्तन गरी संस्थापक समुहको शेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समुहको ४० प्रतिशत हुने गरी नेपाल राष्ट्र बैंकको मिति २०८१/०१/०७ गतेको पूर्व सहर्मात वमोजिम बैंकको प्रवन्धपत्रको दफा ५ ङ (१) र (२) मा संसोधन गर्न प्रस्ताव स्वीकृत गर्नेछ।

त्यसैगरी, बैंकको आर्थिक वर्ष २०८२/०८३ को लागि बैंकको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्तावहरु सो सभामा पारित गर्नेछ। साथै, सो सभा प्रयोजनका लागि बैंकले माघ २७ गते शेयरधनी दर्ता किताब बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन सक्नेछन्।