काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.८५ अंकको गिरावट देखिँदा बजार २७ सयको बिन्दुबाट ओरालो लागेर २६ सय ९४ दशमलव २० को बिन्दुमा बन्द भएको हो। आज ३२९ कम्पनीले कारोबार गर्दा कुल ९ अर्ब १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै २ करोड २० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा माथिल्ला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.७० प्रतिशतका दरले कमाएका हुन्। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, आज कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ९.३४ प्रतिशतका दरले गुमाएका हुन्। साथै, आज अन्य सेक्टरबाहेका १२ वटै सेक्टर राताम्मै देखिएको छ। आज होटल एण्ड टुरिजम सेक्टर सबैभन्दा बढी प्रतिशतले घटेको। यस सेक्टर १.७५ प्रतिशतले घटेको हो। त्यस्तै, हाइड्रोपावर सेक्टर १.३६ प्रतिशत, बैकिङ्ग सेक्टर ०.४२ प्रतिशत र डेभलपमेन्ट सेक्टर ०.७५ प्रतिशतले घटेको छ।





About Us
प्रतिक्रिया