साताको शेयरमा ०.५५ अंकको गिरावट, कारोबार रकम ६८ अर्ब बढी


काठमाडौं – यस साता शेयर बजार ०.५५ अंकले घटेर बन्द भएको छ। यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ०.५५ अंकले घटेर हो। यो साता ५ दिन कारोबार भएको बजारमा नेप्से २ दिन बढ्दा ३ दिन घटेर बन्द भएको छ। यससँगै, साताभरमा कुल ६८ अर्ब माथिको शेयर कारोबार भएको थियो।

यो साताको पहिलो कारोबार को दिन आइतबार नेप्से ५७.५५ अंकले बढेर बजार २७ सय ७२ दशमलव १७ को विन्दुमा कायम भएर बन्द भएको थियो । त्यस्तै सोमबार ३.०७ अंकले घटेर बजार २७ सय ६९ दशमलव ९ को विन्दुमा कायम भएको छ। त्यस्तै, मंगलबार ४२.५८ अंकले घटेर बजार २७ सय २६ दशमलव ५१ को विन्दुमा बजार बन्द भएको हो।

यसैगरी, बुधबार ५.०८ अंकले बढेर बजार २७ सय ३१ दशमलव ५९ को विन्दुमा बन्द भएको थियो। यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से १७.५३ अंकले घटेर बजार २७ सय १४ दशमलव ५ को विन्दुमा बजार बन्द भएको हो।

कारोबार कति ?
आइतबार १३ अर्ब ४९ करोड
सोमबार १६ अर्ब २९ करोड
मंगलबार १३ अर्ब ९५ करोड
बुधबार ११ अर्ब ३९ करोड
बिहिबार १४ अर्ब ३३ करोड