नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले माघ १५ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ४ जना संस्थापक शेयरधनीको नाममा रहेको झन्डै १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

एनआएन इन्फ्रास्ट्रक्चर एण्ड डभलपमेन्टको नाममा रहेको ७४ हजार १०६ कित्ता शेयर न्यूनतम प्रतिकित्ता ३१३ रुपैयाँमा बिक्रीमा राखेको छ। त्यस्तै, कुमारी शान्ता आचार्यको नाममा रहेको ९ हजार ३४५ कित्ता, भुवन सिंह तामाङको ८ हजार कित्ता र लक्ष्मी भण्डारी ४ हजार ८५६ कित्ता गरी कुल ९६ हजार ३१० कित्ता शेयर बिक्रीमा राखेको छ।

सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने संस्थाले जनाएको छ। उक्त, शेयर खरिद गर्न चाहने इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (माघ १५) देखि ३५ दिन भित्रमा लिखित आवेदन दिनपर्नेछ।