काठमाडौं – पछिल्लो समय निरन्तर बढ्दै आएको सुनको मूल्यले यो साता पनि सोही क्रमलाई निरन्तरता दियो। यो साता सुनको मूल्य समग्रमा १५ हजार बढ्यो। यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला सुन ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भयो।
यस्तै, आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढ्यो। सोमबार ५ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख ९ हजार रुपैयाँ पुग्यो। मंगलबार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भयो।
आइतबार, सोमबार मंगलबार लगातार बढेको सुनको मूल्य बुधबार पनि भारी रकमले बढ्यो। त्यसदिन ९ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख १८ हजार ८सय रुपैयाँमा कारोबार भयो।
यस्तै, बिहीबार सुनको मूल्य भारी रकम अर्थात् २० हजार ५सय रुपैयाँले बढ्दै तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो। लगातार बढिरहेको सुनको मूल्य शुक्रबार भने बिहीबारकै मूल्य अर्थात् २० हजार ५ सय रुपैयाँले घट्दै ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भयो।





About Us
प्रतिक्रिया