कर्पाेरेट डेभलपमेन्ट बैंकसहित ३ कम्पनीका लगानीकर्ताले गुमाए १० प्रतिशतका दरले


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७.५३ अंकको गिरावट देखिएसँगै ३ कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले गुमाएका छन्। आज कर्पाेरेट डेभलपमेन्ट बैंक, माथिल्ला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।

त्यस्तै, सान्भी इनर्जीको ९.९५ प्रतिशत दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.२३ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ९.१९ प्रतिशत, कालीका पावर कम्पनीको ८.३२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको ७.४६ प्रतिशत त्यसैगरी शुभम् पावरका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन्।

साथै, आज ङादी ग्रुप पावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ५२ करोड २९ लाख रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँ र राधी विद्युत कम्पनीको ४३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।