काठमाडौं – आज बिहान देशका विभिन्न विमानस्थलमा बाक्लो कुहिरोका कारण आन्तरिक उडान प्रभावित भएको थियो। तर, दिउँसोदेखि मौसममा सुधार आएपछि अधिकांश उडान फेरि नियमित रूपमा सञ्चालन हुन थालेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, काठमाडौं, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा बिहान उडान अवरुद्ध भए पनि अहिले भरतपुर, तुम्लिङटार र नेपालगन्जबाहेक अन्य स्थानमा उडान नियमित भइसकेको छ।





About Us
प्रतिक्रिया