नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम साढे ११ अर्ब माथि 


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.०८ अंकको वृद्धि देखिदा बजार २७ सय ३१ दशमलव ५९ को बिन्दुमा बन्द भएको हो। आज ३३४ कम्पनीले कारोबार गर्दा कुल ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर किनबेच भएको छ।

आज आखुँ खोला जलविद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज १२ प्रतिशत गुडविल लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका हुन्