काठमाडौं – नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ६३ दिनको लागि २० अर्ब निक्षेप संकलन गर्ने भएको हो ।
यसकालागि बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत १८ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।





About Us
प्रतिक्रिया