काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.५८ अंकले घटेरसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका हुन्। आज सर्वाधिक गुमाउँने कम्पनीहरुमा ओम मेगाश्री, ट्रेड टावर, झापा इनर्जी, थ्रि स्टार हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरु रहेका छन्। जसमा ओम मेगाश्रीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन्।
त्यस्तै, ट्रेड टावर ६.६६ प्रतिशत, झापा इनर्जीको ६.२५ प्रतिशत त्यसैगरी, थ्रि स्टार हाइड्रोपावरको ५.९४ प्रतिशत र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
यस कम्पनीका लगानीकर्ताले आज ८.५७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन्। मायाखोला हाइड्रोपावर कम्पनीको ८.३६ प्रतिशत त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले कमाएका छन्।
आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ५१ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया