आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज पनि सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।